
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन् ।
आईतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका छन् । उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाए । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताए ।
यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उनको भनाइ छ । दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गरे ।
उनले भने, ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ । अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु । तर १५ दिन पर्खिंदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन । दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ । डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटी घोषाण गरेरै भन्छु, तपाईंले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु । डट टाइममा बैठक नगर्ने हो भने ।’
उनले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend