
काठमाडौं । नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।
आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गरेका हुन् । उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताए । उनले केबलकार विरोधी समूहले शनिबार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाए ।
उनले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताए । उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताए ।
उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानि व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा नीजि संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सिमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो ।
सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो । सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरुमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ । सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट रोकिएको छ । विकासको विरोधि कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका नीजि स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं । त्यसले भयंकर विवादको स्वरुप लिन्छ । नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद् हो ।’
उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend