२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

पुराना पार्टीले जनविश्वास गुमाइसके, हामी वैकल्पिक शक्ति निर्माण गर्छौँ : अध्यक्ष राई

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताएका छन् ।

आईतबार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताए । उनले वैकल्पिक विचारले वैकल्पिक शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘जनता समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार, वैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने अठोटका साथमा संगठित भएको छ । विगतदेखि पनि हामीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गर्ने कामको प्रारम्भ गरेका छौँ । र आगामी दिनमा व्यवहारमा समृद्ध बनाउँदै जानेछौँ र वैकल्पिक विचार भएपछि त्यसले वैकल्पिक शक्ति निर्माण गर्न अनिवार्य हुन्छ । त्यो विचारलाई स्थापित र कार्यान्वयन गर्न, देश र जनताको हितमा प्रयोग गर्नका लागि । त्यसो भएकाले हामीले संगठन निर्माणको काममा अनुशासित ढंगले लाग्नुपर्ने आवश्यकतालाई परिपूर्ति गर्नलाई पनि केन्द्रीय कार्यालयले महत्वपूर्ण सहयोग गर्नेछ ।’

अध्यक्ष राईले पुराना पार्टीहरु पुरानै कार्याशैलीका कारण जनताको विश्वास गुमाउँदै गएको आरोप लगाए । उनले जनताको आकांक्षा पूरा गर्न नसक्ने पुराना दलको विकल्पको रुपमा जनता समाजवादी पार्टीको उदय भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट