२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा पढेर सुनाइयो

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सुनाइएको छ ।

आईतबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सभा समक्ष सुनाएका हुन् ।

त्यस्तै सभामा नै सचिव अर्यालले विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरेका छन् । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १८ गते आईतबार बस्नेगरी आजका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट