आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मधेश जोड्ने फास्ट ट्रयाकको प्रगति ३८ प्रतिशत मात्र, २०८३ चैतमा सक्न चुनौती

मधेश जोड्ने फास्ट ट्रयाकको प्रगति ३८ प्रतिशत मात्र, २०८३ चैतमा सक्न चुनौती

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ ।

२ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको जंगी अड्डाले जनाएको छ । आयोजना निर्माण सुरु भएको ७ वर्ष बितिसकेको छ ।

नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कुल ७० किलोमिटर दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो ।

अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको काठमाडौं तराई मधेस द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले जानकाी दिए । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए ।

आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन । राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो ।

उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए ।

म्याद थप्ने तयारी

फास्ट ट्रयाकको निर्माण समयावधि थपिने भएको छ । नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतबार मुख्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

द्रुत मार्गका प्रमुख उपरथी शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।

सेनालाई रुख कटानको काममा बढी समय लागेको कारणले पनि काममा केही समय लागेको छ । अर्को यो खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको समय बढ्ने उनको भनाई छ । वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ ।

द्रुत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल तीन सय ९ किमी लम्बाइको छ वटा सुरुङ बन्ने छन् ।

आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव छ सय ९१ र लेनडाँडामा एक दशमलव छ सय २३ किमी लामो सुरुङ निर्माण हुनेछ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक–एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ

सम्बन्धित समाचार

सात वर्षमा फास्ट ट्रयाकको काम ३७.६ प्रतिशत मात्र, २०८३ चैतमा सकिएला ?

फास्ट ट्रयाकको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’, द्रूतमार्ग २०८३ चैतमा सक्ने लक्ष्य

काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो 

४ वटा रुख काट्न ९ महिना लाग्यो, ’फास्ट ट्र्याक’ को काम कसरी चाँडै सकिन्छ ? : प्रधानसेनापति

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend