२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले कानूनी मान्यता दिनु हुँदैनः सांसद कोईराला

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोईरालाले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले कानूनी मान्यता दिन नहुने बताएका छन् ।

आईतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरुलाई समेत आवश्यक कारबाही गरिनुपर्ने बताए ।

तत्कालिन कांग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सहजताका लागि भन्दै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको भएपनि अहिले कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘फ्रि भिसा, फ्रि टिकेटको प्रावधान नेपाली कांग्रेसको सरकार हुँदा नै सुरु भएको हो । त्यो श्रमिकहरुको लागि राम्रो पक्ष थियो । तर अहिले वैदेशिक रोजगार व्यवसायीहरुले त्यसलाई लागु गर्न सक्दैनौं भनेर अस्विकार गरे ।

जुन उद्देश्यबाट त्यो ल्याइएको थियो त्यो श्रमिकको हितमा थियो । तर त्यसलाई पुर्ण रुपमा कार्यान्वयन गर्न सकेको अवस्था छैन । अहिले भिजिट भिसाको नाममा नेपालबाट इलिगल रुपमा पठाउने कामहरु समेत भइरहेका छन् । त्यसरि गएकाहरुलाई पनि सरकारले लिगल लाइसेन्स दिन लागेको कि भन्ने मेरो चासो हो । त्यो लिगल लाइसेन्स चाँही दिनु हुदैन । यसरि भिजिट भिसाको नाममा इलिगल बाटोबाट पठाउने वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही पनि गरिनुपर्छ ।’

उनले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानूनी रुपमा गएकाहरुलाई कानूनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट