२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

नेपालसँग आवश्यक जनशक्ति नहुँदा रेल्वे सेवा घाटामा छ, कानून सच्याउँदैछौँः मन्त्री दाहाल

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग आवश्यक जनशक्ति नहुँदा जयनगर—जनकपुर रेल्वे सेवा घाटामा गएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले रेल्वे विधेयक बनाउँदा ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेख्दा अहिले जनशक्ति अभाव भएको उल्लेख गरे ।

उनले नेपालमा रेल्वे सेवा सञ्चालन नहुने र अनुभवी खोज्दा भारतसँग निर्भर रहनुपरेको बताए । भारतसँग निर्भर रहँदा सञ्चालनका लागि भारतीय सरकारी कम्पनी कोनकोनलाई २४ करोड दिइरहनुपरेको उनले बताए ।

उनले उक्त कानून नसच्याएसम्म रेलवेसेवा घाटामा नै जाने देखिएकाले अहिले सरकारले कानून सच्याउन लागेको बताए । उनले रेल्वे सेवा नाफामा ल्याउन सरकारले कार्गो रेलको पहल गरिरहेको बताए ।

उनले आन्तरिक जलमार्गलाई व्यवस्थित बनाउन जलमार्ग बनाउने ड्रेजिङ मेसिन किन्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट