काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ । बैंक आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा तयारीमा जुटेको हो ।
व्यवस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको स्रोतले जनाएको छ। आज मंगलबार दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारीमा बैंक जुटेको हो ।
दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कार्यविधि रहेको छ । सोहीअनुसार फागुन १५ भित्र समीक्षा गरीसक्नुपर्ने व्यवस्था छ ।
दोस्रो समीक्षामा नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस