विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम भएका छन । लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम भएका हुन ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूल समारोह समितिका अध्यक्ष पाँचकर्ण राईले उद्घाटन गरेका सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो स्थान हासिल गरेका थिए भने ताप्लेजुंगका अमिर लिम्बूले १६ मिनेट ११ सेकन्डमा रेस पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे ।
त्यस्तै, ५ किलोमिटरको महिला सडक दौडमा खोटाङकी द्रिपा बस्नेतले १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै प्रथम भए भने २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बूले दोस्रो स्थान हासिल गरिन ।
तेस्रो स्थान २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गरेकी संखुवासभाकी सुनकला राईले प्राप्त गरीन् । महोत्सवको एथलेटिक्स प्रतियोगिता संयोजक थलु राजभण्डारीले जानकारी दिए ।
खेल महोत्सवको उद्घाटन भने कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले मंगलबार ११ बजे गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस