२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात

मंगलवार , फाल्गुण १३, २०८१

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ) मट्टितेल आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उनले भने । गत आवको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै चालु आवको सात महिनामा २२ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा तीन अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट