काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
त्यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस