२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

प्रधानमन्त्री ओली र प्रकृतिका बुबाबीच फोनवार्ता, सुनिलले भने- 'यस्तो घटना अब सुन्नु नपरोस्'

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।

एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।

कुराकानीकाक्रममा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिए ।

प्रधानमन्त्रीसँगको कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’

जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताएका छन्। ओलीले सुझाव सुनिसकेपछि भनेका छन्, ‘हामीले चासो लिएका छौँ। कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएकै छौँ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट