बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सांसद शाहीको माग

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाए । उनले धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने,–‘गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौं महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरुका तलब ठप्प छन् । आज काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’

उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरुलाई ठप्प नपार्न चेतावनी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend