२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सरकारले संसदमा बलमिच्याईं गर्न खोज्यो : सांसद शर्मा

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसदमा बलमिच्याईं गर्न खोजेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन् । उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन् ।

उनले सरकारले संसदमा विचाराधिन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरुमा समितिको बैठक राख्ने गरेको बताइन् । उनले संसदमा प्रतिपक्षी दलका नेताहरुले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरुले दिने गरेको आरोप लगाइन् ।

उनले भनिन्,‘हामी देखिरहेका छौं संसदमाथि सरकारको निरन्तर बलमिच्याईँ भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ । संसदमा विचाराधिन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरुमा समितिका बैठकहरु आयोजना गरिन्छन् । प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरुले सोधेका प्रश्नहरुको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरुले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकिकरणको सिद्धान्तअनुसार संसदले संसदको अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।’

उनले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट