बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

कसैको दया र मायाले होइन, माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

कसैको दया र मायाले होइन, माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

बेलबारी (मोरङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे ।

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताए । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उनको भनाइ थियो ।

जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने अध्यक्ष दाहालले बताए ।  आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्याउने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताए । उनले कसैको दया र मायाले आफू तीन–तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरे ।

उनले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको दोहार्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend