२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ऊर्जा मन्त्री खड्काले कुलमान घिसिङलाई फेरि सोधे २४ घण्टे स्पष्टीकरण

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि किन नहटाउने भन्दै स्पष्टिकरण सोधेको छ । ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा सचिव सुरेश आचार्यले कार्यकारी निर्देशक कुलमानलाई फेरि स्पष्टीकरण सोधेका हुन् । ऊर्जा सचिव आचार्यले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै कुलमानलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उनले (कुलमान) तपाईंलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भनेर प्रश्न गरेका छन् । यहि फेब्रुअरी १२ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोली नेताको हैसियतमा त्यसतर्फ जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो ? भन्ने प्रश्न कुलमानलाई गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्‌मा पेश गर्नुपर्ने विषयमा तपाईले अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भए‌को सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गर्नुभएको हो ? भनिएको छ ।

विद्युत प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा मन्त्री खड्का नियुक्त भएको मितिबाट हालसम्म तपाई कतिपल्ट आन्तरिक भ्रमण काज, विदा वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जानु भएको छ ? कुन कुन आन्तरिक भ्रमण काज वा विदामा जाँदा सञ्चालक समिति अध्यक्षको स्वीकृति लिएर जानुभएको हो ? कुन कुन अन्तर्राष्ट्रिय भ्रमण काजमा जादा सोही विनियमावलीको विनियमे ३२ वमोजिम सञ्चालक समितिको स्वीकृति लिनु भए‌को छ ? स्वीकृति लिनुपर्ने विषयमा किन स्वीकृति नलिनुभए‌को हो ? भन्ने प्रश्न कुलमानलाई गरिएको छ ।

पत्रमा भनिएको छ, यसअघि तपाईंले पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्त बुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच गत माघ ५ गते भएको कार्य सम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?

घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

सञ्चालक समितिको निर्णयविपरित र ऊर्जामन्त्री र सचिवलाई विना जानकारी प्रतियुनिट १० देखि १२ पैसा बढी तिरेर बिजुली खरिद सम्झौता गरेपछि स्पष्टिकरण सोधिएको मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट प्रतियुनिट ७.९० रुपैयाँमा बिजुली खरिद सम्झौता गरेकोमा कार्यकारी निर्देशक कुलमानले १० देखि १२ पैसा बढाएर सम्झौता गरेको आरोप मन्त्रालयको छ ।

मन्त्री खड्काले गत पुस २२ मा पनि घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट