मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अघिल्लो भ्रष्ट सरकारको कारण ‘ग्रे लिस्ट’मा परियो : सञ्चारमन्त्री गुरुङ

अघिल्लो भ्रष्ट सरकारको कारण ‘ग्रे लिस्ट’मा परियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाए ।

एपिजी एशिया–प्रशान्त क्षेत्रका सम्पती शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औंल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको बताए । अब १ वर्ष भित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने उनले बताए । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गालि गरेपनि नेपाल सम्पती शुद्धिकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए ।

अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताए । उनले योजनावद्ध रुपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend