
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर काम गर्नुपर्ने बताए ।
उनले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ग्रे लिस्टमा परेको जिम्मा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend