बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने बताएका छन ।
२०८४ को चुनाव समाजबादी मोर्चालाई संगै लिएर जान सकिने भएपनी काङ्ग्रेस एमालेसँग चाहिँ सहकार्य नहुने बताएका हुन । बुधबार बिहान बिराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले इतिहासबाट जनताको चेतना धेरै अघि बढेको बताउँदै राजाले बोलेका कुरामा प्रतिक्रिया नदिएको र राजतन्त्र कुनै अवस्थामा फर्कन नसक्ने बताए ।
दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताए । आफ्नो सरकारले सुशासन सुरु गरेपछि अहिलेको गठबन्धन सरकार बनेको बताउँदै उनले परिस्थिति बुझाउन जनतासँग गएको सुनाए ।
उपराष्ट्रपतिलाई पार्टीमा ल्याउन हतार नभएको बताउँदै पार्टीको कुन तहमा ल्याउने भन्ने छलफल हुने बताए । कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै कोसीको उपचुनावमा माओवादी ठूलो पार्टी भएको बताए । माओवादी सरकार भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै स्थिरताको लागि माओवादीले जित्न आवश्यक रहेको र एक नम्बर पार्टी बनाउने लक्ष्य रहेको सुनाए ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि हाम्रो प्रत्यक्ष निर्वाचित कार्यकारीमा आफूहरूको रिजर्भेसन रहेको भन्दै हर्क वा बालेन आए पनि फरक नपर्ने बताए । 'मैले त लोकतन्त्रका फूल भनेको छु,' -उनले भने 'माओवादी बढ्ने भयो भनेर नोकरशाहीलाई मन परेको छैन । पार्टी एक ठाउँमा छ । नेतृत्वमा विवाद छैन ।' उनले यो सरकार ०८४ सम्म बसेपनि माओवादीलाई फरक नपर्ने सुनाए ।
प्रतिक्रिया दिनुहोस