२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संखुवाखोला आयोजनालाई जुट्यो लगानी, कृषि विकास बैंकको अगुवाईमा सवा ६ अर्ब ऋण

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं। गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको ह्याप्पी इनर्जीले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो संखुवाखोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । सरकार स्वामित्वको कृषि विकास बैंकको अगुवाइमा माथिल्लो संखुवाखोला जलविद्युत् आयोजनामा ६ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी व्यवस्थापन भएको छ ।

आयोजनामा कृषि विकास बैंकसहित सिद्धार्थ बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लुम्बिनी विकास बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रवर्द्धक कम्पनी र अगुवाइकर्ता बैंकबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

आयोजनामा कृषि विकास बैंकले १ अर्ब ५० करोड, सिद्धार्थ बैंक १ अर्ब ४५ करोड, प्रभु बैंकले, १ अर्ब, सिटिजन्स बैंक, ७५ करोड, लुम्बिनी विकासले ७५ करोड र सांग्रिला डेभलपमेन्टले ७३ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

आयोजना बनाउन ८ अर्ब २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी लगानी संरचना बनाइएको छ । जसअनुसार बैंकहरुले ६ अर्ब १८ करोड ऋण र २ अर्ब ६ करोड स्वपूँजी लगानी हुने भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रहेको छ।

२०७४ सालमा पहिचान भएको आयोजना अध्ययन गर्न विद्युत् विकास विभागले २०७५ असार ३२ गते अध्ययन अनुमतिपत्र प्रदान गरेको थियो। २०८० असोज ३० गते उत्पादन अन्मतिपत्र प्राप्त गरेको हो । आयोजनाको निर्माण २०८५ जेठभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

संखुवाखोलाको ९.१८ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग गरिने भएको छ। आयोजनाको मुख्य हेडवर्क्स संखुवा खोला र लुनसुन खोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा निर्माण हुनेछ। आयोजनाबाट वार्षिक २४ करोड ४० लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार अहिलेसम्म आयोजनाको पहुँचमार्ग, आवासगृह लगायतको काम भइरहेको तथा विस्फोटक पदार्थ आपूर्ति गर्न नेपाली सेनासँग सम्झौता भइसकेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट