२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बर, ४० अर्ब ३४ करोडको सामान बाहिरीयो

बिहिवार , फाल्गुण १५, २०८१

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । “गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढंगले वृद्धि हुँदै आइरहेको छ”, उनले भने।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

तीन अर्ब ९६ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट