२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताएका हुन् ।

उनले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताए । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

उनले भने, ‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन बिस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ । यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्याइनेछ ।’

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताए । उनले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट