२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सिन्धुपाल्चोक भूकम्प : दुगुनागढीमा पहिरो, भाग्ने क्रममा एक कैदीबन्दी घाइते

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । शुक्रबार बिहान २ः५१ मिनेटमा सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको ६ः१  म्याग्निच्युडको  भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको हो । हालसम्म मानवीय क्षतिको जानकारी नआएको उनले जानकारी दिए ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । कैदीको हात भाँचिएको हो । उनको उपचार भइरहेको छ ।

क्षतिको अरु विवरण आउन बाँकी छ ।

यो पनि : 

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टरको भुकम्प

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट