सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सिन्धुपाल्चोक भूकम्प : दुगुनागढीमा पहिरो, भाग्ने क्रममा एक कैदीबन्दी घाइते

सिन्धुपाल्चोक भूकम्प : दुगुनागढीमा पहिरो, भाग्ने क्रममा एक कैदीबन्दी घाइते

काठमाडौं । शुक्रबार बिहान २ः५१ मिनेटमा सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको ६ः१  म्याग्निच्युडको  भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको हो । हालसम्म मानवीय क्षतिको जानकारी नआएको उनले जानकारी दिए ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । कैदीको हात भाँचिएको हो । उनको उपचार भइरहेको छ ।

क्षतिको अरु विवरण आउन बाँकी छ ।

यो पनि : 

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टरको भुकम्प

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend