२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रधानमन्त्री ओली संविधान मिच्ने र विधि मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ : अध्यक्ष नेपाल

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाएका हुन् ।

उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको बताए । उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे । उनले संसदीय समितिमा विचाराधिन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए ।

संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप समेत लगाए । उनले संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरु सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताए ।

उनले भूमिसम्न्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरुलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । उनले वर्तमान सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट