२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

आज बिहान गएको भूकम्पबाट सङ्खुवासभा दुई घरमा क्षति

शुक्रवार , फाल्गुण १६, २०८१

किमाथाङ्का (सङ्खुवासभा) । आज बिहान गएको भूकम्पले यहाँको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् ।

भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ः५१ बजे गएको ६.१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१ किमाथाङ्काका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१ नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी लाक्पाको ढुङ्गा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथाङ्कामा एक घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट