२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

जापान जाने युवालाई भाषा र सिपमा दक्षता दिन ग्लोबल स्किल ट्रेनिङ सेन्टर सञ्चालनमा

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । जापान जाने कामदारलाई भाषा र सीपमा दक्ष बनाउने उद्देश्यले काठमाडौंको गैरिधारामा ग्लोबल स्किल ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। आइतबार आयोजित विशेष समारोहमा जापानस्थित सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरो, आईएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप) की अध्यक्ष मारिको यासुई र ९२ वर्षीय लक्ष्मण श्रेष्ठले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरे।

ग्लोबल स्किल ट्रेनिङ सेन्टरले जापान जान इच्छुक युवाहरुलाई जापानी भाषा, केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काई फोल्डिङ लगायतका विभिन्न सीप प्रदान गर्नेछ। हार्भेस्ट मुन ग्रुप अफ कम्पनीजका अध्यक्ष राम श्रेष्ठका अनुसार भाषा मात्र नभई सीप पनि अत्यावश्यक भएकाले यो सेन्टर स्थापना गरिएको हो।

उनले भने, “दक्षता बिना विदेशमा गएर काम गर्दा धेरै युवाले कठिनाइ भोग्नुपरेको छ, साथै न्यून तलबमा सीमित हुनुपरेको छ। त्यसैले, जापान पठाउनुअघि नै कामदारलाई आवश्यक सीप प्रदान गर्न यो ट्रेनिङ सेन्टर सञ्चालन गरिएको हो। हामी विद्यार्थी मात्र होइन, दक्ष कामदार पनि जापान पठाउने छौं।”

उद्घाटन समारोहमा प्रमुख अतिथि सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरोले आगामी तीन वर्षभित्र १० हजार र चार वर्षभित्र १ लाख जनशक्ति जापान पठाउने लक्ष्य राखिएको बताए। जापानमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेको उनको भनाइ छ।

आईएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप) की अध्यक्ष मारिको यासुईले नेपाली कामदारलाई जापान उपयुक्त गन्तव्य भएको बताइन्। उनले भनिन्, “जापानमा दक्ष कामदारको ठूलो माग छ। योग्य र सक्षम कामदारलाई सजिलै रोजगारी मिल्छ।”

ग्लोबल स्किल ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन-पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि मेडिकल इक्विप्मेन्टसहितको प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा रहेका छन्। कक्षा कोठाहरू ४० देखि १४० जना प्रशिक्षार्थी अट्ने क्षमताका छन् भने ५०० भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने हल समेत रहेको छ।

उद्घाटन कार्यक्रममा जापानस्थित एनडब्लुएसओका अध्यक्ष यामानो शिनइचिरो, सुनागु होल्डिङकी प्रतिनिधि हिरोमी गोटो, एनडब्लुएसओकी प्रबन्धक किमुरा मनामी, नेपालका प्रतिनिधि गणेशमान लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट