२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल

मंगलवार , फाल्गुण २०, २०८१

मेष : आज तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथीविरुद्ध जित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ।

वृष : सोचेर बोल्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने दिन छ। विवेक प्रयोग नगरी बोल्दा पश्चाताप हुने जोखिम छ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ।

कर्कट : दिन सामान्य छ। विश्वास पात्रले विरोध गरेको सुन्नुपर्नेछ। शनिदेव प्रतिकुल भएकाले यात्रा गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ। शिक्षा र स्वास्थ्य क्षेत्रको प्रयास सफल बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा उतारचढाव बढ्ने भएकाले कुरा गर्दा सचेत बन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा जिम्मेवारी थपिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा भने ठगसँग सचेत बन्नुपर्नेछ।

तुला : गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

वृश्चिक : मनमा अशान्ति बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। स्वास्थ्यले साथ नदिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। राजनीतिक र पारिवारिक क्षेत्रमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राजनीतिमा हात नलगाउनु उचित हुनेछ।

कुम्भ : सहकर्मीसँगको सहकार्यमा गरेको निर्णय कार्यान्वयन हुनेछ। एकल निर्णय नगर्नु उचित हुन्छ। राज्यका जिम्मेवार व्यक्तिबाट सचेत बन्नुपर्नेछ। मन अशान्त बन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : सञ्चित धन खर्च हुने जोखिम छ। साथीसँग बोल्दा नम्र बन्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट