२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास, दुई वर्षभित्र सम्पन्न गरिने

मंगलवार , फाल्गुण २०, २०८१

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।

दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार आरसिसी, टि–गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सात करोड १० लाख १९ हजार छ सय ३३ रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्रकमली–हेभन जेभी कञ्चनपुरले भ्याटसहित पाँच करोड ९८ लाख ६३ हजार नौ सय ३३ रुपैयाँ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल शिलान्यास गर्दै समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताए । यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतले निस्दी खोलामा पुल निर्माण भएसँगै गाउँमा उत्पादित कृषिउपज बजारीकरण गर्न सहज हुने बताएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट