२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

अवैधरुपमा बसेका नेपाली लिएर काठमाडौं आइपुग्यो अमेरिकी जहाज

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं अवतरण भएको छ।

अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो।

स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

अबैध रुपमा बसेका १३ सय भन्दा बढी नेपालीलाई ट्रम्प सरकारले नेपाल फर्काउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट