२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सरकारले कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन् : सांसद झा

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले लखेट्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुलमानलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनीसमेत दिएका छन् ।

उनले घिसिङलाई पदबाट हटाउनका लागि सरकारले गरिरहेको प्रयासको विरोध गरे ।

उनले भने, ‘सार्वजनिक संस्थानमा राजनीतिक उपज के हुन्छ त्यो देखिराखेका छौँ । अर्कोतिर कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेहरूलाई हामीले मूल्यांकन जिरोमा गर्छौँ । र, उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ ।’

झाले भने, ‘विभिन्न परिपन्चहरू सिर्जना गरिराखेका छौँ । त्यसैले सरकारलाई खबरदार पनि भन्न चाहन्छौँ एउटा कुलमानलाई लेखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउने छौँ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट