२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

पत्रकारको संसदको पास निलम्बनबारे संसदमा उठ्यो प्रश्न, प्रधानमन्त्रीलाई खनालले भने : तपाईं हिटलर बन्दै हो ?

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद सचिवालयले दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई संसद भवन परिसरमा प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संसद सचिवालयले दुई जना पत्रकारहरूको संसद प्रवेश पास निलम्बन गरेको थियो । सचिवालयले पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरेको हो ।

प्रतिनिधिसभा बैठकमा सांसद खनालले भने, ‘केही दिनअघि सत्तापक्षको सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ ? र भनेर प्रश्न सोध्नुभएको थियो । संसद सचिवालयलाई सचेत गराउनुभएको थियो । आज निलम्बनको खबर आयो ।’

उनले प्रधानमन्त्रीविरुद्ध बोल्नलाई कहिले कुट्ने कहिले जेल हालेकोप्रति असन्तुष्टि जनाउँदै जनाए ।

साथै, उनले प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो ? भनेर प्रश्नसमेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट