२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोमा महासंघको ध्यानाकर्षण

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघले संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको संसद प्रवेश पास निलम्बन गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति निकाल्दै पत्रकारको पास खोस्ने क्षेत्राधिकार संघीय संसद सचिवालयलाई नभएको बताएको छ । महासंघले पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकार श्रेष्ठ र वलीको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने सचिवालयले महासचिवस्तरीय निर्णय गरेको थियो ।

२०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको थियो ।

यस्तो छ महासंघको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट