काठमाडौं । सांसदहरुले पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोमा संसदमा विरोध भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पत्रकारको पास निलम्बन गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरे । उनले पत्रकारको संसद प्रवेश पास संसद सचिवालयले निलम्बन गर्नु उचित नरहेको बताए ।
उनले भने, ‘संसद सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल र सरकारको दबाब र प्रभावमा रहेर जुसरी पास खोसिएको छ । आजै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’
संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको संसद प्रवेश पास निलम्बन गरेको छ । २०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै उनीहरूको पास निलम्बन गरेको हो ।
यो पनि :
पत्रकारको संसदको पास निलम्बनबारे संसदमा उठ्यो प्रश्न, प्रधानमन्त्रीलाई खनालले भने : तपाईं हिटलर बन्दै हो ?
पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोमा महासंघको ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस