२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

एउटा पांग्रा जनकपुरमै छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै काठमाडौं अवतरण गरेको छ ।

बिहीबार जनकपुरबाट आएको उक्त जहाजले एउटा पांग्रा बिना नै काठमाडौं अवतरण गरेको हो ।

जनकपुबारबाट ४ः४५ मा काठमाडौं आएको उक्त जहाजको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएपछि जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको हो ।

जहाज सुरक्षित अवतरण गरिसकेको छ । यस जहाजमा ६२ जना यात्रु थिए ।

प्राधिकरणका अनुसार जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढीसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट