२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

टहरामा टिपर छिर्दा सुतिरहेका ३ जनाको मृत्यु

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ । काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो ।

सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ,

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट