काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताइन् ।
उनले संविधानमा लैंगिक समानताको धारा राखेपनि राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताइन् ।
उनले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ माग गरिन् । उनले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव बनाइएन ।’
उनले वरीयताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै यस्तो निर्णय किन गरेको भनेर सरकारलाई प्रश्न गरिन् ।
प्रतिक्रिया दिनुहोस