२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरुको शक्ति प्रदर्शन

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । आज काठमाडौंमा राजावादीहरुले शक्त्ति प्रदर्शन गर्दै छन् । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर उनीहरुले काठमाडौँमा विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ आउन लागेका हुन्।

यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफुलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

सरकारले आजको राजवादीहरूको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ ।

सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुन सक्ने आँकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट