
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उडेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे । उनी केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् ।
उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउन लागेका हुन् ।
उनी काठमाडौँ प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend