२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

महिला न्यायाधीश सम्मेलन सोमबार, प्रधानन्यायाधीश राउतले उद्घाटन गर्ने

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । अन्तरराष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार काठमाडौँमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ । सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु,सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरु गरी ६० जनाको सहभागिता रहनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ ।

यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट