२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कनेक्ट एजुकेसनद्वारा मधेश प्रदेशमा प्रदेश स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । कनेक्ट एजुकेसन सेन्टरले मधेश प्रदेशमा प्रदेश स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्री रानि कुमारि तिवारीको उपस्थितिमा सेन्टरले हस्तलेखन प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुनेलाई पुरस्कार वितरण समेत गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री तिवारीले विद्यार्थीको लेखन राम्रो बनाउनका लागि यस्ता कार्यक्रमहरुको आयोजना हुनुपर्नेमा जोड दिइन् ।

सातै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गर्न समेत उनले कनेक्ट एजुकेसन सेन्टरसँग आग्रह गरिन् ।

तहगत रुपमा अक्षर लेखन प्रतियोगिता आयोजना गरीएको थियो । २ कक्षादेखि ४ कक्षासम्म अध्ययन गर्ने सहभागि विद्यार्थीहरु मध्य ग्लोबल एकेडेमी बर्दिवास स्कुलमा कक्षा ३ मा अध्यननरत विद्यार्थी रिया बम्जन प्रथम भइन् ।

त्यसैगरी ५ कक्षादेखि ७ कक्षासम्मको प्रतियोगितमा साउथ जोन स्कुलमा कक्षा ७ मा अध्ययनरत नितेश गउरो प्रथम भए भने ८ कक्षादेखि १० कक्षासम्मको हस्तलेखन प्रतियोगितामा जितपुर पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत पायल रौनियार प्रथम भइन् ।

प्रथम हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र दिएर पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पुर्व प्रदेश राज्यमन्त्री तथा प्रदेश संसद महोत्तरी क्षेत्र नं १ का सारदा थापाको पनि उपस्थिति रहेको थियो ।

सेन्टरले विगत केही वर्ष देखि हस्तलेखन कार्यक्रमलाई देशव्यापी बनाउनका लागि देशका विभिन्न जिल्लामा गए कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट