२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

आरुपाटा अर्धनारेश्वर धाममा बन्यो २६३ मिटर पैदल मार्ग, वडाध्यक्ष लामिछानेले गरे उद्घाटन

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित आरुपाटा अर्धनारेश्वर धाम पैदल मार्गको शनिबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ को ७ लाख रुपैंया र स्थानिय जनसहभागितामा २६३ मिटर लामो पैदल मार्ग हालै निर्माण सम्पन्न भएको हो ।

चुत्रकोटमा नेपालकै ठूलो अर्धनारेश्वर महादेवको मूर्ति स्थापना गरि धामको रुपमा विकास गर्ने गुरुयोजना बनेको र उक्त धामसम्म आवत जावतमा सहज होओस भन्ने उद्धेश्यले निर्माण गरिएको सिंढि र केही रेलिङ सहितको पैदल मार्गको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले उद्घाटन गरे ।

पैदल मार्गको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र नयाँ पर्यटकीय गन्तव्य निर्माण कार्यमा वडा लागिरहेको र अन्य छिमेकी वडाहरुसँग पनि समन्वय गरिरहेको बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरे । उनले पर्यटनका पूर्वाधार निर्माणले यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्नुका साथै धार्मिको पर्यटकिय क्षेत्रको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

यस्तै वडा सदस्य डाल्डादेवी भुजेलले ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै यो ठाउँ विगतदेखी नै पर्यटकिय क्षेत्रको रुपमा चिनिदैं आएको र उचित प्रचार प्रसार र योजनाको अभावमा पर्यटकिय गतिविधि हुन नसकेको वताउँदै यसक्षेत्रलाई धामको रुपमा विकास गर्न सके पर्यटन विकासमा टेवा पुग्ने बताइन् ।

समाजसेवी एवं व्यवसायी सुबोध त्रिपाठीले गुरुयोजना अनुसारको निर्माणको लागी सबै पक्षले सकारात्मक भुमिका खेल्नुपर्ने बताउँदै यसको विकासको लागी पदमार्गको हिस्साको रुपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धित्तीय उपाध्यक्ष विक्रम कर्माचार्यले लेखनाथ क्षेत्रको विकासमा संघले विगतदेखी नै उल्लेखनीय योगदान गर्दै आएको बताउँदै आफ्ना योजनाहरु सहित संघलाई घच्घच्याउन स्थानियहरुलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा पैदल मार्ग निर्माण समितिका अध्यक्ष शम्भुराम पाण्डेले प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको र विगतमा विदेशी पर्यटकहरुको प्रशस्त चहलपहल हुने ठाउँ अहिले शुन्य भएको अवस्थामा यसलाई पुनः पर्यटकिय स्थानको रुपमा प्रचार प्रसार र विकास गराउन सबै लागिपर्नुपर्नेमा जोड दिएका थिए ।

प्राचिन समयमा बाईसे चौविसे राजाले शासन गरेको ऐतिहासिक महत्व बोकेको चुत्रकोटमा १ सय ८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गर्न गुरुयोजना तयार भैसकेको छ । अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दीपक तिमिल्सेनाले तयार पारिएको डिपिआर यस अघि नै वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरिसकेका छन ।

सो क्षेत्रमा मूर्ति निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्यू पोइन्ट, दुरा जातिको संग्रहालय निर्माणका साथै सो क्षेत्रको सौन्दर्यकरण डिपिआरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

परियोजना निर्माण भएर सञ्चालनमा आएमा समग्र वडा नम्बर २८ मा पर्यटक आगमनमा वृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।

वडाको धार्मिक तथा पर्यटन विकासका लागि तिलकशाली अधिकारीको संयोजकत्वमा अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । उक्त स्थानबाट उत्तरतर्फ लहरै लागेका हिमशृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ भने कास्कीका सातवटै तालहरु समेत एकै ठाउँबाट देख्न सकिन्छ ।

सामुदायिक वनभित्र निर्मित संरचना पनि समुदायकै सम्पत्ति हुने भएकाले यस्लाई स्थानीय सहभागितामा बनाउन लागिएको परियोजनाका परिकल्पनाकार दीपक तिमिल्सेनाले बताए । अर्धनारीश्वर महादेवको मन्दिरमा गएर विवाहित दम्पतीले दर्शन गरेमा उनीहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट