२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

बटुकदल गण रोल्पाले गर्यो बाहिरी गाममा स्वास्थ्य शिविर, २४५ जनाले लिए सेवा

सोमवार , फाल्गुण २६, २०८१

रोल्पा । रोल्पाको लिबांगमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं ३ बाहिरी गाममा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्रांगणमा श्री नं. १९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा फागुन २४ गते शनिबार स्वास्थ्य शिविर संचालन गरेको थियो ।

उक्त शिविरमा बाहिरी गाम नजिकका स्थानियबासीमा इसिजी सेवा तथा ल्याव परीक्षण सेवा दिइएको थियो भने शिविरमा नेपाली सेनाका २ जना डा अधिकृत र गामस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरिएको बटुक दल गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।

बाहिरी गाममा संचालन गरिएको शिविरमा श्री नं १९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदम बहादुर बुढा (पिएचडी) र उक्त गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै आयोजित उक्त स्वास्थ्य शिविरबाट १६५ जना महिला र ८० जना पुरुष गरी जम्मा २४५ जना स्थानीय बासिन्दाहरुले सेवा लिएका छन् ।

यस अघि पनि बटुक दल गणले रोल्पामा स्थानिय स्तरमा थुप्रै यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट