सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सात महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स

सात महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । गत माघसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्सबाट प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशत वृद्धि भई ६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रुपैयाँ थियो ।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend