२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो २३ खर्ब ६९ अर्ब, १४ महिनाको आयात धान्ने

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशत बढेको छ । माघसम्म कूल विदेशी विनिमय सञ्चिती बढेर २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । माघ मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशत वृद्धि भई १७ अर्ब ५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशत वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

No description available.

माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको ।

२०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.५, १२०.३ र ३२.५ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट