काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ । भट्टराईको फेसबुक पेज ह्याक भएको उनको सचिवालयले बताएको हो ।
सचिवालयले भनेको छ, ‘डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्। हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनर्स्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।’

प्रतिक्रिया दिनुहोस