२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण घट्दा जलविद्युतको ग्राफ बढ्दो

आइतवार , चैत्र २, २०८१

काठमाडौं । कुनै बेला सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको वर्चश्व रहँदै आएको थियो । त्यसबेला अन्य क्षेत्रको कम्पनीको सेयर बजारमा प्रवेश कम हुँदा बैंक तथा वित्तको पुँजीकरण ८० प्रतिशत माथि थियो । तर अहिले परिदृष्य अली फरक देखिएको छ ।

जलविद्युतलगायत अन्य वास्तविक क्षेत्रको सेयर बजारमा प्रवेशपछि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा निरन्तर ओरालो लागेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुको बजार पुँजीकरण घटेर ५३.३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो महिना ५४.२ प्रतिशत थियो । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा निरन्तर बढेर १६.७ प्रतिशत पुगेको छ ।

यस्तै गरी लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.० प्रतिशत रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय ३० बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । जलविद्युतको सेयर निष्कासनको वाध्यकारी व्यवस्था भएकाले सो समूहको बजार पुँजीकरण बढेको हो ।

नेप्सेमा सूचीकृत ८ अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । २०८१÷८२ को सात महिनामा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड रहेको छ ।

यस्तै ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर, ४ करोड ४५ लाख बराबरको एफपिओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट