
विराटनगर । कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त हुँदै छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको हो ।
बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ ।
यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड२८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend