२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ ।

फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ मा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले यो अवार्ड जितेको हो।

कुल ४० विधामा उत्कृष्टता हासिल गर्ने शिक्षण संस्थाहरू र शिक्षा क्षेत्रका योगदानदाताहरूमध्ये लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा उत्कृष्ट घोषित भएको हो। कार्यक्रममा लर्ड बुद्धसँगै शिक्षा क्षेत्रका अन्य विभिन्न व्यक्तित्व र संस्थाहरू पनि पुरस्कृत भएका थिए ।

कार्यक्रममा शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका पूर्व अध्यक्ष डा। लवदेव अवस्थी, शिक्षा सेवी इ. डा. मिथिलेश कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने घोषणा समेत गरिएको थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ लेखिएको पम्पेल्टको प्रदर्शन गरी घोषणा गरेका हुन्।

अवार्ड समारोहमा २० वटा विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन अध्यापन गराइरहेको विभिन्न शैक्षिक संस्था तथा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरूलाई विभिन्न २० विधा गरी जम्मा ४० विधामा पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट