बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

गोरखा । नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

“ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उनले भने, “सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ ।” सेनाको टोली एघारौँ दिनमा जितगढी पुग्ने छ ।

टोलीले ३०५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए । पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली सहभागी भएका छन् ।

गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्ने छ ।

त्यसैगरी पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जितगढी पुगेर आगामी वैशाख ७ गते विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए । तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend