काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईँलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उनलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याउन लागेको हो । उनी १५ गतेको आन्दोलनपछि फरार थिए । प्रहरीले उनको खोजी तीब्र बनाएको थियो ।
लुकेर भारत पुगेका दुर्गाले हिजो बेलुका सामाजिक सञ्जालमा एक स्टाटस राख्दै भारतको प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका थिए ।

यो पनि :
दुर्गा प्रसाई भारतबाट पक्राउ
प्रतिक्रिया दिनुहोस